• कोपिला नेपाललाई अम्रेलाको सहयोग

    July 9, 2019     8:42 pm


    पोखरा, असार २३ ।

    खहरेमा अवस्थित अम्रेला क्याफेले यस आ.व. भित्र कोपिला नेपाललाई सहयोग गर्ने रकम आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

    क्याफेबाट प्राप्त गरेको रकम र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत गरी आ.व. भित्र १ लाख ३२ हजार रकम उठेकोमा उक्त रकम क्याफेका संचालक सितामान घिसिङले आज कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाललाई हस्तान्तरण गर्नुभएको छ ।

    अम्रेला क्याफेको तर्फबाट संचालक सितामान घिसिङ र कोपिला नेपालको तर्फबाट कार्यकारी निर्देशक बिना शिलवालले सहयोग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
    सो रकम बिशेष गरेर किशोरीहरुको शैक्षिक बिकास, स्कुल फि, सशक्तिकरण सम्बन्धि टे«निङ लगायतका बिषयमा रकमको उपयोग गर्ने कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले बताउनुभयो ।
    कार्यक्रममा बोल्दै अम्रेला क्याफेका संचालक सितामान घिसिङले आफुले गरेको यो सहयोग निरन्तर चलिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    उहाँले विभिन्न नक्कली संस्था बनाएर सहयोग माग्ने प्रविधि बढेको भन्दै यस्ता बिषयप्रति चनाखो रहन आवश्यक रहेको बताउनुभयो । उहाँले यस संस्थाबाट गरिने हरेक क्रियाकलापले आत्मा सन्तुष्टिको अनुभुति गराउने र सही ठाउँमा सहयोग गर्ने अवसर प्राप्त भएको प्रति खुसी प्रकट गर्नुभयो ।
    उक्त सम्झौता–पत्रमा अर्को बर्षको लागि अम्रेला क्याफेले रु ५० हजार कोपिला नेपाललाई डोनेट गर्ने र हप्तामा हुने सेकेन्ड हेन्ड मार्केटको ५० प्रतिशत सहयोग गर्ने कोपिला नेपालका प्रशासनिक तथा विक्तिय संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।
    सो कार्यक्रमको सञ्चालन संस्थाका डकुमेन्टेसन एवं फन्ड राईजर क्षमता खड्काले गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।