• देशभर मौसममा बदली, पश्चिमका केही भूभागमा ठूलो पानी पर्ने सम्भावना

    July 9, 2019     12:40 pm

    काठमाण्डौ असार २४।

    मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश भूभागमा पानी परिरहेको छ ।

    मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’

    मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा (मनसुनमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

    यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।