फागुन ३० पोखरेली न्युज / जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडिनै बम पड्केपछि प्रहरी चकित परेको छ। पूर्वी नवलपरासीको कावासोती फलफुलचोकमा आज बिहान ११ः३० बजे ठूलो अवाजमा बम पड्किदा स्थानीयहरु त्रसित बनेका छन । बम प्रहरी कार्यालय बाट १०० मिटर दुरीमा डिभिजन वन कार्यालय अगाडि पड्केको हो।
यसरी प्रहरी कार्यालय नजिकै ठुलो आवाजमा बम पड्किदा सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ। स्थानीयहरु निकै त्रसित छन् । बम पड्किदा कुनै मानवीय र भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराजा लामिछानेले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए । सकेट बम पड्केको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि हुन बाँकी रहेको उनले बताएका छन् । स्रोत रातोपाटी