• अन्तर्राष्ट्रिय सहकारी दिवसमा सफलको प्रशिक्षण

    July 6, 2019     7:33 pm


    पोखरा, असार २१ ।
    अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ द्धारा आज क्षमता अभिबृद्धि तालिमको आयोजना गरियो ।


    पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले तालीमको उद्घाटन गर्दै महानगरले सहकारीलाई उत्पादनसंग जोडने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।


    सहकारीला मापदण्ड एवम् कार्यविधि बनाएर व्यस्थित गरिने तयारी भई रहेको बताउँदै उहाँले एक सहकारी एक व्यक्ति तथा पाँच हजार शेयर सदस्य बरावर एक सहकारीको नीतिलाई कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।


    पोखरा महानगरपालिका भित्र ३४३ सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेको बताउँदै अध्यक्ष अधिकारीले “एक सहकारी एक उत्पादन” कार्यक्रमलाई प्रभावारी बनाइने जानकारी दिनुभयो ।


    बाँझो जग्गालाई भरपुर उपयोग गर्दै उत्पादन र रोजगारीसंग जोडनका लागि महानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहकारीसंग जोडने धारणा राख्नुभयो ।


    महानगर सहकारी व्यवस्थापन समितिका सदस्य एवम् प्रशिक्षक भिम गुरुङले सामुहिक अभियानकोरुपमा रहेको सहकारीलाई व्यवस्थित तथा आर्थिक पारदर्शिताका लागि प्रत्येक शेयर सदस्यको सकृय सहभागिता हुनु पर्नेमा जोड दिनुभयो ।


    “मर्यादित कामको लागि सहकारी” भन्ने मूल नाराका साथ आयोजित उक्त तालीममा सहकारीका संचालक समिति, सल्लाहकार, शिक्षा र महिला उपसमिति र तथा लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।


    संस्थाले यसअघि संस्थागत सामाजिक उत्तरदायित्वतर्पm पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा आश्रित असहाय एवम् मनोरोगीहरुलाई एक छाक खाना बराबरको १७ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको थियो ।रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।