व्युटिफुल वेगनासलाई आत्मसाथ गर्दै स्थानीय वेगनास युवा क्लवले हरेक हप्ता सफाई गर्दै आएको बेगनासताल बृहत् सफाई अभियानको ६५ औं हप्ता सम्म पुगेको छ ।
अभियानको ६५ औ हप्ताको कार्यक्रममा मन्धरेपार्क, ड्यामसाईड, गाईघाट, नहरचोकमा रहेको फोहोर संकलन तथा तालको छेउमा रहेको जलकुम्भी किनारमा फालिएको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले जानकारी दिएका छन्।
सरसफाई अभियानको क्रममा पोखरा बृहत् सफाई अभियान संग समेत साझेदारी गरेको क्लवले वेगनासताल लाई केन्द्र विन्दुमा राख्दै सरसफाई गर्दै आएको छ। पर्यटकीय केन्द्र वेगनासताल क्षेत्र वरपर “जथाभावी फोहोर फाले जरिवाना लेखिएका“ बोर्डहरु वडाले राखे पनि उचित निरीक्षण र समन्वयको अभावले गर्दा जरिवाना बोर्डमा मात्र सिमित देखिन्छ।
फोहोर गर्नेले फोहोर गर्दै जाने र उठाउनेले निरन्तर उठाउदै जाने हो भने यस्ता खाले सफाईका हजारौं हप्ता पनि निरर्थक वन्नेछ्न्।सो अभियानको ऐक्यबद्धतामा साथ दिदै विभिन्न व्यक्ती तथा संघ संस्थाले मास्क, ग्लोभ्स, डोको र वोरा हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष रामकृष्ण लामिछाने वताउंछन्।
यस क्षेत्रमा विभिन्न सफाई अभियानहरु समेत चलिरहेका छन्। लागुपदार्थको क्षेत्रमा उल्लेखनिय काम गर्दै आएको राईजिङ स्टार युथ क्लवले पनि रिठेपानी बृहत सफाईको ४७ औं हप्ता सम्पन्न गरेको छ। उक्त अभियानका अभियन्ता तथा क्लवका अध्यक्ष विष्णु गुरुङले नेतृत्व गरेको यो अभियान वेगनास बृहत सफाई संग प्रेरित रहेको उनी वताउछन्।