• वडा सदस्यलाई आफ्नै घरमा गोली प्रहार

    July 4, 2019     9:21 pm

    केशव अधिकारी
    धादिङ, १९ असार ः धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ का वडा सदस्य रामजी चेपाङलाई बुधवार साँझ आफ्नै घरमा गोली हानी घाईते बनाईएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्र कुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला भरुवा बन्दुकबाट गोली प्रहार गरिएको हो ।
    प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका १३ काम्दा निवासी इन्द्रबहादुर चेपाङले रामजीलाई गोली हानेका हुन् । दुई महिनाअघि काम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा लागेपछि फरार रहेका इन्द्रले २ नाले भरुवा बन्दुकले रामजीलाई गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
    बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा इन्द्रले रामजीलाई गोली हानेको हुन सक्ने रामजीका परिवारले बताएका छन् ।गोली प्रहारबाट रामजीको टाउकोमा गम्भिर चोट लागेकोे छ । घाईतेको काठमाडौँ स्थित नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताए ।
    गाउँ भन्दा टाढा जंगलमा रहेको ओडारमै बस्दै आईरहेको आशंकामा पटक पटक उनको खोज तलास गर्दा बस्ने ओढार पत्ता लागेपनि व्यक्ति भने फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
    बुधवार साँझको घटना पछि इन्द्रवहादुर फरार रहेको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ,इलाका प्रहरी कार्यालय गजुरी र स्थानीय प्रहरी चौकीको बिशेष टोली घटनास्थल तर्फ परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।