• नेपालमा पानी पार्ने हावा भारतको मध्यप्रदेश फर्कियो, पानी पर्न अझै पर्खिनु पर्ने

    July 4, 2019     12:32 pm

    काठमाडौं, १९ असार । आधा असार बितिसक्दा पनि नेपालमा सक्रिय बर्षा शुरु भएको छैन । आधाउधी रोपाई हुनुपर्ने अहिलेसम्म पर्याप्त पानी नपर्दा किसानले धानको व्याड नै राख्न पाइरहेका छैनन् ।

    यता पानी नपर्दा देशधर गर्मी बढेको छ । गर्मीका कारण सर्वसाधरणलाई काममा बाहिर निस्किन समेत समस्या भएको छ । गर्मीका कारण तराईका जिल्लाहरुमा विद्यार्थीलाई स्कुल जान आउन समस्या भएको छ । काठमाडौं उपत्यकामा समेत विहानैदेखि चर्को गर्मी महसुस भइरहेको छ ।

    भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले जानकारी दिएका छन् । नेपालमा पानी पार्ने हावा भारतको मध्य प्रदेश फर्किएका कारण ठूलो मनसुन हुन नसकिरहेको मौसमविद्हरु बताउँछन् ।

    बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले बताएका छन् । यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको उनी बताउँछन् ।

    यस कारण सक्रिय भएन मनसुन
    मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद् अर्याल बताउँछन् । स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको उनले बताए ।

    बिहीबार पनि देशभरीकै मौसम आशिंकदेखि सामान्य बदली हुने उनको अनुमान छ । तर, बादल लागे पनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने सम्भावना रहेको अर्यालले बताए । नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।