• लिबियाको हवाइ आक्रमणमा एक नेपाली युवकको मृत्यु

    July 4, 2019     11:56 am

    काठमाडौं, असार १९ ।

    लिबियामा भएको हवाइ आक्रमणमा एक नेपाली युवकको मृत्यु भएको छ।

    युरोपियन मुलुक इटालीका लागि हिँडेका नेपाली युवकको लिबियाको राजधानीनजिकै भएको आक्रमणमा मृत्यु भएको हो। त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)का अनुसार, आक्रमणमा २७ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो। आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो। जसमा नेपाली युवक सन्तोष पनि परेका हुन्।

    उनी मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेको आईओएमलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। उनको बारेमा थप जानकारी आएको छैन।

    आक्रमणमा घाइते भएका सन्तोषलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको दूतावासले जनाएको छ।

    उनी नेपाल फर्किन खोजिरहेका थिए। उनलाई त्रिपोलीबाट नेपाल फर्काउन दुई दिन अघिमात्रै यात्रासम्बन्धी कागजात पठाउन आईओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

    आईओएमले यस अघि आठ नेपालीलाई त्यहाँबाट उद्धार गरेर नेपाल फर्काइसकेको छ। अझै ६ जना नेपाली आईओएमको शिविरमा रहेका छन्। उनीहरूलाई पनि नेपाल फर्काउने तयारी भइरहेको जनाएको छ।

    त्रिपोलीमा नेपाली शान्ति सेनाको टोली पनि छ। शान्ति सेनाको टोलीसँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

    लिबियाको राजधानी त्रिपोलीमा बुधबार आक्रमण भएको थियो। लिबियाको सरकारले आन्दोलनरत एलएनए (द लिबियन नेसनल आर्मी)ले आक्रमण गरेको जनाएको छ। केही महिनायता खलिफा हप्तरको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।

    बुधबार भएको आक्रमणमा ४४ जनाको मृत्यु भएको छ। जसमा एक सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    लिबियामा युद्ध चर्किदै गएपछि हजारौ आप्रवासीलाई शिविरमा राखिएको छ। आईओएमले उनीहरूलाई सम्बन्धित देश फर्काउन थालेको छ। तर, विमानस्थल समेत बन्द गरिएकाले समस्या परिरहेको छ।एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।