• मनाङबाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ नेकपा मा प्रवेश

    July 4, 2019     11:46 am

    पोखरा, असार १९। गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन्।

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले मनाङेलाई नेकपामा प्रवेश गराएका हुन्। उनले टीका लगाएर नेकपामा स्वागत गरे। मनाङेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका छन्।

    मनाङेसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।

    मनाङेलाई नेकपामा स्वागत गरेपछि मुख्यमन्त्री गुरुङले नेकपाका जनताको पार्टी भएकाले अलमल नगरी यसमै आवद्ध हुनुपर्ने बताए।

    तत्कालीन एमालेको सहयोगमा मनाङे मनाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

    उनीविरुद्ध फौजदारी मुद्दा जारी छ। उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो। उनले निर्वाचित हुने बेला सपथ लिन पाएका थिएनन्।

    उच्च अदालतकाे फैसलाविरुद्ध उनी सर्वोच्च अदातल पुगेका थिए। सर्वोच्चले थुनामा नबसी मुद्दा लड्न सक्ने भन्दै बाटो खोलिदिएको थियो। त्यसपछि उनले प्रदेशसभा सदस्यको सपथ लिएका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।