• लायन्स डायमण्ड भिलेजको क्षमता अभिबृद्धि सम्पन्न

    July 3, 2019     8:01 am

    पोखरा, १८ असार

    लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजको आयोजनामा २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । लायन वर्ष २०१९—२० शुरु भए संगै क्लबका सदस्यहरुलाई नेतृत्व तथा सार्वजनिक भाषणका तालिम प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष लायन कञ्चन थापाले जानकारी दिए ।


    ‘लायन्स क्लब भनेको समाज सेवाको अलावा नेतृत्व विकासको प्लेटफार्म हो’ रिजन चियरपर्सन लायन सुसिला कोइरालाले भने ‘महिला मात्र सम्मिलित लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजले स्थापनाको छोटो अवधिमै आफ्नो बेग्लै पहिचान स्थापित गरेको छ ।’ लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका जोन चियरपर्सन पुस्पा आचार्यले आफुले लायन्स क्लबमा लागेर धेरै कुरा सिक्ने मौका पाएको बताउदै महिला सशक्तिकरणका लागि तथा साझेदारीका लागि पनि क्लबले भुमिका खेल्ने उल्लेख गरे ।


    क्लबका अध्यक्ष लायन दिलु तिवारीको अध्यक्षतामा भएको कार्यक्रम असार १६ र १७ गते २ दिन सम्म पोखरामा चलेको थियो । पहिलो दिन सञ्चारकर्मी सन्जय मल्लले सार्वजनिक भाषण तथा सकारात्मक सोँचका विषयमा सहजीकरण गरेका थिए भने दोश्रो दिन सञ्चारकर्मी कञ्चन थापाले उद्घोषण कलाका बारेमा सहजीकरण गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।