• कर्म कर्ण आदीवासी जनजाति पुरस्कार छनौट समिति गठन

    July 2, 2019     8:00 pm

    पोखरा, १७ असार ।आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कारको लागि छनौट समिति गठन गरिएको छ ।

    तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको लागि अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको हो ।

    फोनिजको मंगलवार पोखरामा बसेको तेह्रौ बैठकले गठन गरेको समितिमा जुनाकुमारी गुरुङ, हुमबहादुर गुरुङ, एम.वी आस्थामगर र भुपाल गुरुङ सदस्य रहेका छन् । पुरस्कार आगामी असार २९ गते आइतवार वितरण गरिने फोनिज कास्कीका अध्यक्ष एम.वी आस्थामगरले जानकारी दिएका छन् ।

    बैठकले आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) को गण्डकी प्रदेशको प्रथम अधिवेशना लागि तयारी थाल्ने र जिल्ला समितिबाट अधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको छनोट आसन्न बैठकले गर्ने निर्णय गरेको छ ।

    साथै कास्की जिल्लामा क्रियाशील आदीवासी जनजाती पत्रकारहरुलाई संगठित बनाउने उद्देश्यले असार १७ गतेदेखि असार मसान्तसम्म नयाँ सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

    यस्तै फोनिज कास्कीका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापामगर नेपाल वार एशोसियसनको केन्द्रिय उपाध्यक्ष, जिल्ला कार्यसमिति सचिव भुपाल गुरुङ ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित र कार्यसमिति सदस्य गीता रानामगर जगन्नाथ सिग्देल युवा पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित तथा फोनिजका पूर्व केन्द्रिय सल्लाहकार तीलक पुर्जापुन राष्ट्रिय मौकि कौडा संरक्षण पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएकोमा बधाई ज्ञापन गर्ने बैठकले निर्णय गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।