• स्याङ्जामा इन्जिनियर ४ लाख घुससहित रङ्गेहात पक्राउ

    July 2, 2019     6:07 pm

    पोखरा, १७ असार । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    रौतहट घर भई गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रङ्गेहात समातिएका हुन् । स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मतले घुस मागेका थिए ।

    मोहम्मतले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मतलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।नयाँ पेज

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।