• बगरमा केटीको विषयमा लफडा हुँदा साथीमाथि खुकुरी प्रहार

    July 1, 2019     8:05 pm

    असार १६
    पोखरा

    पोखराको बगरस्थित नयाँ गल्लिमा केटीको विषयमा लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो ।

    फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की पछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरीले खुलाएको छ । दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

    खुकुरी प्रहार पछि विपिनको समुहको एकजनाको औंला काटीएको र विजयको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूह किशोरावस्थाका रहेको प्रहरीले बताएको छ ।
    घटनापछि दुवै समुहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । स्रोतःरातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।