महतगौडा विरौटाफाँटमा १६ औं असारे रोपाई महोत्सव सम्पन्न
June 30, 2019 7:29 pm
फाइल फोटो
असार १५ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा १७ महतगौडा विरौटाफाँटमा १६ औं असारे रोपाई महोत्सव सम्पन्न भएको छ। महोत्सवमा विदेशि पर्यटकहरु पनि सहभागि भएका थिए ।
त्यस्तै नेपाली युवा युवति पनि रोपाई महोत्सवमा सहभागि भएका थिए ।
सबै जसो एक आपसमा हिलो खेल्न र हिलो छ्यापछ्याप गर्न व्यस्त देखिन्थे।
असारे रोपाइ महोत्सवमा विभिन्न प्रतियोगिताहरू पर्यटक हिले दौड, रस्साकसि, खुल्ला हिले दौड, पत्रकार हिले दौड, माछा छोप्ने लगायतका कार्यक्रमहरु समावेश भएका थिए।
उक्त महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले मोहि लगायर गरेका हुन् ।
रोपाई महोत्सवमा विभिन्न प्रकारका परिकारहरू पनि राखिएको थियो।