• प्रचण्डले दोहोर्‍याए आफ्नो हत्या हुन सक्ने चिन्ता

    June 29, 2019     6:04 pm

    असार १४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पहिल्यैदेखि ठूला राजनीतिक हत्या र प्रतिहत्याका श्रृंखला चलिरहेको भएपनि दोषी पत्ता लाग्न नसकेको प्रसंग उप्काएका छन् ।

    शनिवार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता हत्या प्रतिहत्याका दोषीहरू पत्ता लाग्न नसकेको कारणले नेपालका शीर्ष राजनीतिक व्यक्तित्वहरू सधैं सशंकित र भयभित रहेको खुलासा गरेका हुन् ।

    ‘जनतालाई पनि लाग्छ, मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो,’ प्रचण्डले भने, ‘मोटामोटी लागेको आधारमा हामीले कसैलाई आरोपित गर्न पनि सकेका छैनौं । नाम लिएर फलानाले नै हो भन्ने स्थिति छैन । नेपालको इतिहासमा माथिल्लो स्तरमा राजनीतिक हत्या प्रतिहत्याको लामो श्रृंखला छ ।’

    आफू पहिलोपल्ट प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डको रहस्य उजागर गर्छु भनेर संकल्प गरेको स्मरण गर्दै प्रचण्डले त्यसमा आफू असफल रहेको स्वीकारे । ‘मैले पहिलोपल्ट प्रधानमन्त्री बनेको बेलामा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर पत्ता लगाउन सकिएन,’ प्रचण्डले प्रश्न गरे, ‘आखिर दोषी पत्ता लगाउन केले रोक्छ ?’

    प्रचण्डले राजनीतिक हत्या प्रतिहत्याको श्रृंखला नरोकिएकोमा चिन्ता प्रकट गरे । ‘मदन भण्डारीको त्यो रहस्यमय अवशान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी किन गर्न सकेका छैनौं ?’ प्रचण्डले प्रश्न गरे । प्रचण्डले अहिलेका शीर्ष नेतृत्व पनि त्यसैको शिकार बन्न सक्ने र यो विषय विचारणीय भएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।