• सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवाला निकायको सम्मेलन सम्पन्न

    June 28, 2019     8:45 pm

    काठमाडौं अषाढ १३ ।
    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको एक दिवसिय सम्मेलन सम्पन्न भएको छ ।

    दिन प्रतिदिन बढिरहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न यस संग सम्बद्ध सरोकारवाला निकायहरु संग छलफल तथा अन्तरक्रिया गरि सडक सुरक्षा सम्बन्धी आगामि रणनीतिक कार्ययोजना तयार पार्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

    गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि एंव जिल्ला स्थित अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको उक्त कार्यक्रम दुई सत्रमा सम्पन्न भएको छ ।

    समापन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले सडक दुर्घटना न्यूनिकरण गर्न यसका सरोकारवाला निकायहरु बिच घनिभुत समन्वय आवश्यक रहने बताउँदै गण्डकी प्रदेश अन्तर्गत सडक सुरक्षाका लागि दुर्घटना न्यूनिकरण गर्न चाहिने जनशक्ति एंव उपकरणहरुको नीतिगत समाधान खोज्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

    गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले समुद्घादटन गर्नुभएको पहिलो सत्रमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुलाई चार समूहमा विभाजन गरी सवारी दुर्घटनाको कारण, न्यूनिकरणका उपाय र आगामी कार्ययोजनाका विषयमा व्यापक छलफल एंव प्रस्तुतीकरणहरु भएका थिए ।

    उक्त छलफल एंव अन्तरक्रियाबाट आएका निष्कर्ष एंव सुझावहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले प्रमुख अतिथि तथा विषेश अतिथिहरु समक्ष प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आम जनमानसमा सामान्य सडक प्रयोग सम्बन्धी समेत चेतनाको कमि भएकाले सबै सरोकारवाला निकायहरुले जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई जोड दिन आवस्यक रहेको बताउनुभयो ।

    साथै समुदाय प्रहरी साझेदारी अभियान बारे बोल्दै उहाँले उक्त अवधारणाले सवारी दुर्घटना न्यूनिकरणलाई मुख्य रुपमा सम्बोधन गर्ने भएकाले उक्त अवधारणा अन्तर्गत प्रदेश भरी नै आगामी दिनमा वृहत रुपमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु गरिने बताउनुभएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।