• देशभर मनसुन सक्रिय मुलुकभर एकहप्ता भारी वर्षा हुने सर्तक रहन आग्रह

    June 28, 2019     6:19 pm

    काठमाडौं अषाढ १३ । देशभर मनसुन सक्रिय भएसँगै आगामी हप्ता देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । आगामी एक हप्ताको मौसमी पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले देशैभर हप्ताभरी मेघगर्जनसहित वर्षा हुने अनुमान गरेको हो ।

    लगातार वर्षा हुने भएपछि खहरे खोलाहरुमा बाढी आउने भन्दै तटीय क्षेत्रमा सचेत रहनसमेत आग्रह गरिएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने र त्यसले नदीनालाहरुमा एक्कासी बाढी आउन सक्ने भन्दै नेपाल बाढी सूचना केन्द्रले सचेत रहन आग्रह गरेको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदलि भर्इ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदलि भर्इ पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिक बदलि भर्इ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    यस्तै आइतवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि भर्इ पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    आइतबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिक बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।