असार १३ ।
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान चाहनेहरूका लागि गत जेठमा सञ्चालित परीक्षाको नतिजा शुक्रवार सार्वजनिक भएको हो ।
भाषा परीक्षामा सहभागी ८४ हजार २ सय १५ जना परीक्षार्थीमध्ये १२ हजार १५ जना उत्तीर्ण भएका छन् ।
सन् २०२० का लागि नेपालीलाई १० हजार ५० कोटा छुट्ट्याइएकोमा कोटाभन्दा झण्डै २ हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यहाँ क्लिक गरेर हेर्नुहोस् नतिजा
https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en