• हलिउड फिल्म स्पाइडरम्यान पाेखराकाे मिडटाउनमा फ्यान स्किृनिङ्ग हुने

    June 27, 2019     6:22 pm

    पाेखरा । असार १२

    पोखरा सभागृह स्थित मिडटाउन सिनेमाज्ले हलिउड फिल्म स्पाइडरम्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग गर्ने भएको छ ।

    फिल्म नेपालमा जुलाई ५ तारिखबाट रिलिज हुदैछ । तर नेपाल रिलिजको २ दिन अगावै काठमाण्डौं बाहिर पहिलो पटक पोखरामा फ्यान स्किृनिङ्ग गर्न लागिएको हो ।

    मिडटाउन सिनेमाज् र हलिउड फिल्म प्रति दर्शकहरुले देखाएको मायाको धन्यवाद स्वरुप जुलाई ३ तारिखमा निशुल्क फ्यान स्किृनिङ्ग गर्न लागिएको कार्यकारी निर्देशक निकेश द्धाले जानकारी दिए ।

    उनले हलिउड फिल्मको बजार बिस्तारका गर्ने प्रयास स्वरुप स्किृनिङ्ग गर्न लागिएको बताए ।

    ‘मिडटाउन सिनेमाज्मा हलिउड फिल्म हेर्न आउने दर्शकहरुको थुप्रै हुनुहुन्छ,अझै धेरै दर्शकहरुलाई हलिउड फिल्म हेर्ने कल्चर बृद्धि गर्नुपनि हाम्रो उदेश्य हो’,उनले भने ।

    नेपालमा फिल्म वितरणको जिम्मा पाएको एप्पल इन्टरटेन्मेन्टसंगको सहकार्यमा फिल्म देखाउन लागिएको मिडटाउन सिनेमाज्का म्यानेजर विबेक श्रेष्ठले जानकारी दिए ।

    एप्पल इन्टरटेन्मेन्टकी जेनिश पहारीले पोखरामा अन्य स्थानमा भन्दा फिल्म प्रेमी दर्शकहरु धेरै रहेका कारण शो गर्न लागिएकी बताइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।