• आइफा अवार्ड नेपालमा हुने

    June 27, 2019     6:06 pm

    साँकेतिक तस्विर

    काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने भएको छ। विहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा
    आयोजना गर्न स्वीकृति दिइएको निर्णय गरेको जानकारी दिनुभयो ।

    नेपालमा अायाेजना हुने कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिने छ । काठमाडौँ महानगरपालिका सह आयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड आयोजना गर्न स्वीकृति दिइएको हाे।

    अवार्ड वितरण कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ भने उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य पनि रहनेछ।

    अवार्डमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहनेछन् भने ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।  

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।