• पहिरोले ५ घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

    June 27, 2019     1:24 pm

    अषाढ १२ ।

    आज बिहानैबाट अवरुद्ध धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग दोहोरो रुपमा सुचारु भएको छ ।

    धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले करिब साढे ९ बजेबाट दोहोरो रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङले डिसी नेपालाई जनाएको छ।

    प्रहरीका अनुसार बिहानबाट अवरुद्ध सडक ९ वटा स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीले ५ घण्टापछि खुलाएका हुन् ।

    सडक अवरुद्ध भएपछि १५ किलोमिटरसम्मको राजमार्गमा करिब ७-८ सय यातायातका साधन रोकिएका थिए । सडक खुलेसँगै पहिरोले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।