• एसईईको नतिजा आज : यी माध्यमबाट हेर्न सकिन्छ

    June 26, 2019     11:29 am

    असार ११ । काठमाडौं गत चैतमा सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आजै (बुधबार) सार्वजनिक गर्ने गरि तयारी भएको छ ।

    उत्तरपुस्तिकाको अन्तिम रुजु गर्ने काम सकिएसँगै आजै साँझसम्ममा नतिजा सार्वजनिक गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयमा छलफल भएको स्रोतले बताएको छ ।

    ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः आज नै नतिजा सार्वजनिक हुन्छ ।’, कार्यालयका एक अधिकारीले भने । नतिजा प्रकाशनका लागि बोर्डको बैठक बोलाउने समेत तयारी भएको छ ।

    परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार आज बिहानैदेखि केहि प्राविधिक त्रुटि छ की भनेर थप हेर्ने काम भइराखेको छ । कुनै गम्भीर त्रुटि नभेटिए चाडैँ नतिज सार्वजनिक गरिने छ । यदि कुनै त्रुटि भेटिए नतिजा प्रकाशन गर्न एक–दुई दिन लाग्न सक्ने उनले बताए ।

    नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक अधिकारीले बताए। कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ।

    २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए। यसवर्ष सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएका थिए ।

    यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए ।

    अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।