• काठमाण्डाै र पाेखराका ठाउँठाउँमा बिहानै बम फेला, सेनाद्वारा डिस्पाेज (फाेटाे फिचर सहित)

    June 25, 2019     7:45 am

    फाेटाे: सुदर्शन रन्जित

    पाेखरा, असार १०

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज गरेकाे नेपाल बन्दको क्रममा पाेखरा र काठमाण्डाै‌का विभिन्न स्थानमा विहानै बम भेटिएकाे छ। काठमाण्डाै किर्तीपुरमा बिहान बम फेला परेकाे थियाे । उक्त बमलाइ नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले डिस्पाेज गरेकाे थियाे । यता पाेखराकाे तालचाेकमा बिहानै सुतली बम भेटिएकाे छ । बम डिस्पाेज गर्न नेपाल आर्मीकाे बम डिस्पाेजल टाेली उक्त स्थानमा पुगिसकेकाे छ ।

    यस्तै पाेखरा १४ चाउथेमा प्रेसर कुकर बम भेटिएकाे जनाएकाे छ । पोखरा १४ चाउथे स्थित कृष्ण कुमारी क्षेत्रीले सन्चालन गर्दै आएको न्यु रचना म:म एन्ड खाजा घर अगाडि रहेको शटर छेउ पिढिमा शंकास्पद वस्तु फेला परेको हाे । उक्त स्थानमा पनि बम डिस्पाेज गर्न नेपाल अार्मीकाे टाेली पुगेका छन् । यस्तै पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेकाे छ । पोखरा १७ विराैटाकाे खाद्य सँस्थानकाे भवनमा शंकास्पद बस्तु भेटिएको छ।

    यस अघि बन्दकाे अघिल्लाे दिन हिजाे पोखराको सिद्धार्थ चोकमा रहेको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको थियाे । शंकास्पद बस्तुको नजिकै एउटा कागजमा टाइम जडित डेटोनेटर लेखेर नेपाल बन्द सफल पारौं लेखिएको थियाे ।

    बन्दका कारण पाेखराकाे बजार बिहानै देखि सुनसान रहेकाे छ ।

    प्रहरीसंगको भिडन्तमा बिहिबार सर्लाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बिषयलाई लिएर विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो।

    किर्तीपुरमा भेटिएकाे बम सेनाले डिस्पाेज गरेपछि । तस्विर : सुदर्शन रन्जित


    किर्तीपुरमा भेटिएकाे बम सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : सुदर्शन रन्जित

    किर्तीपुरमा भेटिएकाे बम सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : सुदर्शन रन्जित

    पाेखरा १४ चाउथेमा भेटिएकाे बम नेपाली सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : कवि खनाल

    पाेखरा १४ चाउथेमा भेटिएकाे बम नेपाली सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : कवि खनाल

    पाेखरा १७ विराैटामा भेटिएकाे बम नेपाली सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : कवि खनाल

    पाेखरा १७ विराैटामा भेटिएकाे बम नेपाली सेनाले डिस्पाेज गर्ने क्रममा । तस्विर : कवि खनाल

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।