• राष्ट्रिय बिच भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ आर्मी महिला तर्फ एपिएफ लाइ

    June 24, 2019     9:24 pm

    पोखरा, असार ९ ।

    राष्ट्रिय बिच भलिवल प्रतियोगिताको पुरुष तर्फ नेपाल आर्मी र महिला तर्फ
    शसस्त्र प्रहरी वलको एपिएफ ले उपाधि जितेकाछन्।


    सोमबार फेवाताल किनारामा भएको सातौं राष्ट्रिय पुरुष बिच भलिवल
    प्रतियोगिताको फाइनल खेलमा आर्मीले घरेलु टिम गण्डकी प्रदेशलाई २१—१६,
    १८—२१ र १८—१६ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मी ए का
    मानबहादुर श्रेष्ठ र दिल कुमार सुनारको जोडीले गण्डकी बी का राजु विक र
    अनिल दर्लामी मगरको जोडीलाई पराजित गरेका हुन्।


    छैठौं संस्करणको महिला बिच भलिवल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र
    प्रहरी वलको एपिएफ ए ले नेपाल पुलिस ए समुहलाई २१—१३, २१—१३ को
    सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफका विनिता
    बुढाथोकी र नेविका चौधरीको जोडीले पुलिसका निता साह र कोपिला
    उप्रेतीको जोडीलाई पराजित गरेका हुन्।


    महिला तर्फ पुलिस बीको समुहले आर्मीलाई पराजित गर्दै तेश्रो भएको छ ।
    त्यसै गरी पुरुष तर्फ गण्डकी प्रदेश ए को समुहले नेपाल पुलिस लाई पराजित
    गर्दै तेश्रो भएको छ । प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई
    ३०÷३० हजार, उपविजेता टिमलाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार
    पुरस्कार प्रदान गनिरे भएको छ । प्रतियोगितामा एपिएफकी विनिता बुढाथोकी
    महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भइन भने पुरुष तर्फ आर्मीका दिल कुमार
    सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले उपाधि सहित जनही ३ हजार
    पुरस्कार प्राप्त गरे ।
    विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सांसद राजिव पहारी, नेपाल
    भलिवल संघका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम
    बहादुर गुरुङ, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली लगायतले पुरस्कार
    वितरण गरेका थिए । असार ५ देखि सुरु भएको प्रतियोगितामा महिला तर्फ १४ र
    पुरुष तर्फ १७ टिमको सहभागिता रहेको अपिसियल एवं रेफ्रि संयोजक
    टहलसिंह थापाले बताए । प्रतियोगितामा तीन विभागिय (नेपाल प्रहरी, नेपाली
    सेना र शसस्त्र प्रहरी वलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागि
    भएका हुन्।दिननाथ बरालको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।