• रेवान पोखराले पहिलो पटक खाना महोत्सवको आयोजना गर्ने

    June 24, 2019     7:44 pm


    पोखरा, असार ९

    रेवानले पहिलोपटक खाना महोत्सवको आयोजना गर्ने भएको छ । पोखरामा हुने उक्त महोत्सवमा खानाका स्वादिष्ट परिकारको स्टल सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
    असार १३ गते रेस्टुरेन्ड एन्ड बार एसोसिएसन अफ नेपाल रेबान पोखराले आयोजना गर्ने महोत्सवमा थकाली खाना, गुरुङ खाना, नेवारी खाना, थारु खाना सहित केराका परिकारहरु प्रस्तुत गरिने छ ।
    बाराही चोकको पछाडी चौरमा आयोजना हुने उक्त महोत्सव पर्यटन वर्ष २०१९ मा लक्षित रहने संयोजक तथा रेवानका महासचिव गणेश बहादुर थापाले बताए । यो महोत्सव यसपटक मात्र नभई प्रत्येक वर्ष अझै परिष्कृत ढंगले गरिने उनले बताए । आन्तरिक एवम बाह्य पर्यटकलाई नेपाली खानाको चाख गराउने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सव प्रवेशका लागि टिकट लाग्ने छैन । महोत्सवमा ५ स्टल रहनेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।