हेमजा असार ९।
पोखरा महानगरपालिका वडा न. २५ को वडा कार्यलय एवं हेमजा स्वास्थ्य चौकीको आयोजनामा हेमजामा महिलाहरुको लागि यौन रोग सम्बन्धी सचेतना, परिक्षण तथा उपचार कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका स्वस्थ्य महाशाखा प्रमुख हेमन्त शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य जित ब. कार्की, दलबहादुर कुवँर, लछ्मि अधिकारी, तारा बि.क र वडा सचिब इस्वरी पोखरेलले कायक्रमको सफल्ताको शुभकामन ब्यक्त गरेका थिए । डा. मधुमायाँ तिमिल्सिनाले गरेको उपचार शिबिरमा २०८ जनाले स्वस्थ्य लाभ लिएका थिए । स्वस्थ्य लाभ लिने मध्य ९८ जनालाई योन रोग देखिएको थियो । जस मध्य १० जनालाई पाठेघर खस्ने सम्स्या, २ जनालाई सिफलिस र १ जनालाई फिस्टुला देखिएको हेमजा स्वस्थ्य चौकी प्रमुख हेलन पन्तले हामीलाइ जानकनारी दिइन । उक्त अबसरमा प्रमुख पन्तले कार्यक्रम सफल पारिदीएकोमा वडा कार्यलय तथा महिला स्वस्थ्य स्वयमसेबीलाई धन्यवाद ज्ञापन गरिन ।
वडा न. २५ का वाड अध्यक्ष शोभाखर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वस्थ्य चौकी प्रमुख पन्तले गरिन ।