• अबको २४ घन्टा विदेशी च्यानल बन्द

    June 24, 2019     6:05 pm

    असार ९।

    नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्।

    नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी टिभी च्यानल रहेको उल्लेख गर्दै सरकारको नयाँ नीतिका कारण मारमा परेको भन्दै दिउँसो ३ बजेदेखि बन्द गरिएको हो।

    इन्टरनेट तथा टिभी प्रसारक समन्वय समितिले विरोध स्वरुप मंगलवार अपरान्ह ३ बजेदेखि २४ घन्टाका लागि टिभी च्यानल बन्द गराएका हुन्। ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलमा ‘क्लिन फिड’ लागू गर्ने सरकाको नयाँ नीतिले अप्ठयारो परेको भन्दै २४ घन्टाका लागि बन्द गरिएको राष्ट्रिय केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए।

    क्लिन फिडले नेपाली च्यानललाई धरासायी बनाउनुको साथै भारतबाट अवैध ढंगले भारतीय डिटिएचका सेटअप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानललाई प्रभावित पार्ने पराजुलीको दाबी छ। उनकाअनुसार क्लिन फिडका कारण नेपाली जनताले चाहेको च्यानल हेर्न नपाउने, खुला सिमानाको फाइदा उठाउने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने समितिको तर्क छ।

    नेपालमा सञ्चालित डिटिए, आइपिटिभी र डिआइटीजस्ता कम्पनीले नेपाली च्यानल मात्रै देखाएर ग्राहकसँग मासिक शुल्क उठाउन नसक्ने हुदाँ ती कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ।

    नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।