• आजकाे राशिफल । २०७६ असार ९ गते साेमबार

    June 23, 2019     10:57 pm

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। गरेका काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामनापनि गर्नुपर्ला । व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुपर्ला। कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिले आँटेका काममा बाधा पुर्याउन सक्छ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन्। रमणीय र सुखद् यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मंगल कार्यको योग छ । थोरै भए पनि दिगो काम प्रारम्भ हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। साथीभाइसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। नियमित काम सम्पादन भए पनि सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    केही अवरोध भए पनि कर्मको प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। घरमा अतिथीको आगमन हुनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । व्यवसायमा आम्दानी बढ्नेछ। यात्राको अवसर पनि प्राप्त हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। शुभ समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योगपनि रहेको छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। उपहार पाइने सम्भावनाछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिगो फाइदाको स्रोत पहिचान गरी अघि बढ्न सकिनेछ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।