• लायन्स क्लव अफ पोखरा पिस देउरालीलाई चार्टर हस्तान्तरण

    June 23, 2019     10:10 pm

    पोखरा ८ असार ।
    लायन्स क्लव अफ पोखरा पिस चौतारीद्धारा, लायन्स क्लव अफ पोखरा पिस देउराली लाई स्पोन्सर गरिएकोको चार्टर हस्तान्तरण कार्यक्रम शनिवार सम्पन भएको छ। पोखरा ६ स्थित गुडवील सभाहल, लेकसाईडमा शनिवार भब्य रुपमा सो कार्यक्रम सम्पन्न भएको हो ।
    प्रमुख अतिथि डिस्ट्रीक ३२५ द्यज्ञ नेपालका डिस्ट्रीक गर्भनर ला. अशोक श्रेष्ठ बिशेष अतिथी ँध्ऋ ऋयचमष्लबतभच ला. धु्रव बहादु थापा क्ष्एम्न् ला. धनराज आचार्य, एःऋऋ ला. प्रेम बहादुर श्रेष्ठ डिष्ट्रक सचिब राम वस्याल चिफ एडभाइजर ध्रुव बहादुर श्रेष्ठ रहनुभएको थियो । त्यसै गरी अन्य बिभिन्न ला.क्लवका उच्च पदाधिकारीहरु बिनोद ढुङ्गाना, दुर्गा प्रसाद हुमागाई, भुपेन्द्र गिरी मेघनाथ काफ्ले लगायतको उपस्थिती रहेको थियो , सोही कार्यक्रमको सिलसिलामा विशेष अतिथिहरुद्धारा लायन्सका बारेमा आ–आफ्ना महत्वपूर्ण भनाईहरु राख्नुभएको थियो ।सो कार्यक्रममा प्रमुख अतिथी द्धारा पोखरा पिस चौतारी द्धारा स्पोन्सर गरिएको चार्टर पिस देउरालीका संस्थापक अध्यक्ष गोविन्द सापकोटा लगायत पिस देउरालिका परिवारलाई हस्तान्तरण गरिएको थियो, र इन्टरनेश्नलबाट प्राप्त पिन (लोगो) र प्रमाणपत्रहरु अध्यक्ष लगायत ला. पिस देउरालीका सदस्यहरुलाई प्रदान गरिएको थियो । कार्यक्रममा पिस देउरालीका संस्थापक अध्यक्ष द्धारा लायन्स बर्ष १९÷२०को बार्षिक कार्ययोजना सहितको बिवरण प्रस्तुत गर्नुभएको थियो भने पिस चौतारीका अध्यक्ष डा.भवानी शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिब विनायक रंजितले संचालन गरेका थिए

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।