पोखरा । बिजी एरोबिक तथा डान्स एकेडेमि संचालनमा आएको छ । चिप्लेढुङ्गा स्थित सुन्दरमार्गमा दिपा श्रेष्ठले एकेडेमि संचालनमा ल्याएकी हुन् । एकेडेमिको कलाकार रालजाराम पौडेल, आकाश श्रेष्ठ, गायिका देबिका बन्दना र निर्देशक शिशिर राणाले संयुक्त रुपमा उद्घाटन गरे ।
सिन्धु मल्लको गित बत्तिस लक्षणबाट नृत्यमा पाइला चालेकी संचालीका श्रेष्ठले नेपाली चलचित्रसँगै विगत २ दशकदेखि यहि क्षेत्रमा काम गर्दै आएकी छिन् । ‘लामो समय यस क्षेत्रमा काम गर्दै आएँ । त्यसैले पनि एकेडेमि संचालनका लागि उर्जा मिलेको हो । हामी कहाँ बच्चादेखि बृद्धसम्मका लागि एरोबिक र डान्स क्लासहरु संचालन भइरहेका छन्’ उनले सुनाइन् । एकेडेमि ५ महिना अघिदेखि सुरु भएपनि औपचारिक रुपमा भने आइतबारदेखि संचालनमा आएको हो । सो अवसरमा सुन्दर मार्ग महिला आमा समूहको समेत उपस्थिती रहेको थियो ।