असार ७, लेखनाथ स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउदै स्थानीय संस्कृति जगेर्ना गर्ने उदेश्यले वेगनासमा एक दिने रोपाई मेलाको तयारी गरिएको छ। मानो रोपेर मुरि उब्जाउने समय हो असार पन्ध्र, त्यसो त पोखरा शहर ईभेन्टमय वनिरहँदा वेगनास ताल नजिकै असारे रोपाई मेला आयोजना गर्न लागिएको हो। स्थानीय वेगनास ड्यामसाईड युवा क्लव तथा लाकुरी युवा क्लवको संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रम संयोजक सुरेश लामिछानेले जानकारी दिएका छन्। पोखरा ३१ स्थित वेगनासताल वसपार्क पछाडिको करिव १७ रोपनी क्षेत्रफलको जग्गामा हुने उनले वताए । सेभेन मिडिया नेटवर्क प्रालीको ईभेन्ट व्यवस्थापनमा हुन लागेको असारे रोपाई मेला वेगनासमा तेश्रो पटक गर्न लागिएको हो। असार पन्ध्रको दिन दहि चिउरा खांदै हिलो खेल्दै धान रोप्ने दिनमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य आकर्षणमा रस्साकस्सी, सय मिटर हिले दौड, हिलोमा फुटबल, गोरु दौड, माछा छोप्ने प्रतियोगिता संगै लाईभ म्युजिक रहेको ईभेन्ट व्यबस्थापक सचिन रानाभाटले जानकारी दिएका हुन्। उक्त प्रतिश्पर्धामा पुरस्कारको समेत व्यबस्था गरिएको उनले वताए।
पोखरा महानगरपालिका ३१ नं वडा तथा नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेको एक दिने मेला लाई मुख्य प्रायोजन गोर्खा व्रुअरीको गोर्खा प्रिमियम वियरले गरेको वेगनास ड्यामसाईड युवा क्लवका अध्यक्ष कबिर गुरुङले वताएका छन् । लाईभ म्युजिक तर्फ राष्ट्रिय स्तरका कभर कलाकार प्रशन्न अधिकारीको विशेष प्रस्तुती रहने आयोजकले वताएको हो। शनिबार राखिएको एक भेलामा उपस्थिति स्थानीय हरुले संस्कृति जगेर्ना गर्दै लेकसाईड पछिको पर्यटकीय गन्तव्य वेगनासमा पर्यटक भित्र्याउन सजिलो हुने वताएका थिए। स्थानीय पर्यटन व्यबसायी दामोदर भक्त थापाले लेकसाईड पछी को गन्तव्य वेगनासलाई चिनाउन स्थानिय आफैले शुरुमा पहल गर्नु पर्ने वताएका हुन् । पोखरा भनेको लेकसाईड मात्र हो भन्ने भ्रम चिर्न यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने समेत वताएका थिए । करिव ५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको कार्यक्रमको प्रवेश भने निःशुल्क गरिएको छ ।