• नक्कली एटीएम कार्ड बनाएर यसरी निकालिँदो रहेछ पैसा

    June 21, 2019     10:31 pm

    असार ६ ।
    नक्कली एटीएम कार्डको प्रयोगबाट राजधानीका विभिन्न स्थानमा राखिएका एटीएम बुथबाट २० लाख बढी रकम निकाल्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा घर भइ हाल राजधानीको शंखमुल बस्ने राजु कुमार पाण्डे रहेका छन् । पक्राउ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    ब्यूरोका अनुसार उनको साथबाट विभिन्न नक्क्ली कार्ड, १ हजार दरका ५ लाख ६२ हजार र ५ सय दरका २५ हजार नगद, एउटा मोटरसाइकल र एप्पल कम्पनीको दुई थान ल्यापटप बरामद गरिएको छ ।

    उनले तीन जना रोमानियाली नागरिकसँग मिलेर राष्ट्रिय बाणिज्य बैंकबाट रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर रोमानियाली नागरिकले भने देश छाडिसकेको खुल्न आएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।