• लायन्स क्लवको क्षेत्रिय सम्मेलन लेखनाथमा

    June 21, 2019     10:00 pm

    फाइल फोटो

    लेखनाथ, ६ असार ।

    लायन्स क्लव ईन्टरनेशनल ३२५ वी १ नेपालको बर्ष २०१८ ÷१९ को चौथो क्षेत्रिय सम्मेलन आज सनिवार कास्कीको लेखनाथमा हुने भएको छ ।

    क्लव क्लवका विच भाईचारको सम्वन्ध विस्तार देखि आन्तरिक पर्यटन प्रबद्धनमा सहयोग पुग्ने गरि यस वर्षको अन्तिम क्षेत्रिय सम्मेलनले गत बर्षको समिक्षा र आगामी वर्षका लागि कार्ययोजना बनाउने गरि सम्मेलनको आयोजना गरिएको हो ।

    लायन्स क्लव अफ सेभन लेक सिटीको स्थानिय ब्यवस्थापन हुन लागेको सम्मेलन लेखनाथको तालचोकमा रहेको सुभ्म पाटी प्यालेसमा हुने भएको छ भने जसका लागि सम्पुर्ण तयारी पुरा गरि सम्मेलन उद्घाटनको संघारमा जुटेको मुल आयोजक समितिका संयोजक मधु सुन कोईरालाले जानकारी दिएका छन् ।

    सम्मेलनलाई सफल पार्न २५ सदस्यीय तयारी समिति , २४ वटा विभिन्न उप समिति र २१ सदस्यीय सल्लाहकार समिति गठन गरि तयारीलाई अगाडी वढाईएको हो भने सम्मेलनमा ३२५ वी १ अन्तरगत १६ जिल्लाका करिव तीन सय क्लवका एक हजार आठ सय प्रतिनिधीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

    सम्मेलन आयोजना गर्नका लागि करिव १८ लाख खर्च हुने र रजिष्टेशन देखि स्मारिका विज्ञापनबाट २० लाख संकलन हुने अनुमान गरिएको स्थानिय ब्यवस्थापक लायन्स क्लव अफ सेभन लेक सिटिका अध्यक्ष गणेश प्रसाद ढुगानाले जानकारी दिएका छन् । सम्मेलनबाट बचत हुन आएको रकमलाई सामाजिक क्षेत्र देखिमा खर्च गरिने भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।