• लोकसेवा आयोगको विज्ञापनमा परेका चार निवेदनबारे आज सर्वोच्चमा सुनुवाइ

    June 19, 2019     11:44 am

    काठमाडौं, असार ४ । स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापनमा देखिएको विवादबारे आज सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ ।

    आयोगले निकालेको विज्ञापनमा असन्तुष्टि जनाउँदै परेका चार निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाइ गर्न लागेको हो ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै राखेर हेर्न हिजो आदेश जारी गरेको थियो । सोहीअनुसार ती सबै निवेदनको सुनुवाइ आजका लागि तय भएको हो ।

    आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट परेका हुन् । अहिले आयोगको निर्णय तत्काल सच्चिनु पर्ने माग गर्दै विरोध भइरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।