• पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २

    June 18, 2019     7:40 pm

    ३ असार, पोखरा
    होण्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी तथा पोखराका लागि आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा आइ डियोड टु इट २०१९ को पोखरा संस्करण सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गको प्राङ्गणमा भएको कार्यक्रम अन्र्तगत स्पिन एण्ड वक गेम सोका लागि विश्वविद्यालयका ४० भन्दा बढि बिद्याथीले भाग लिएका थिए । उक्त गेम सो बाट स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका रोशन घिमिरे प्रथम भए । उनले नगद रु १० हजार प्राप्त गरे ।


    प्रत्यक समुहमा ५ जनाका दरले खेलाइएको स्पिन एण्ड रनका लागि कलेजका कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले गोला प्रथामार्फत बिद्यार्थी छनौट गरेका थिए । यस्तै समुह विजेता सम्पुर्णलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको कुँवर ब्रदर्स एण्ड सन्सका सेल्स म्यानेजर विष्णु प्रसाद दहालले जानकारी दिए । सहभागी मध्य एक जनाले गोला प्रथाबाट एउटा जुकबक्स पुरस्कार पाएका थिए ।


    उक्त अवसरमा कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले पोखरा छोरेपाटनको मानवसेवा आश्रमलाई रु ५० हजार नगद हस्तान्तरण गरेको थियो । उक्त रकम बराबरको चेक पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक डा. रामप्रसाद अर्याल र होण्डाका जापान प्रतिनिधी नाओकीले सयुक्त रुपमा मानवसेवा बृद्धा आश्रमका प्रतिनिधी राजन सापकोटालाई प्रदान गरेका थिए । स्याकार ट्रेडिङ्ग कम्पनी तथा कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा भएको कार्यक्रम अभनी एडभरटाइजिङ्गको संयोजनमा भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।