• सभामुखले शुरूमा प्रधानमन्त्रीलाई समय दिएपछि संसदमा हंगामा

    June 18, 2019     12:37 pm

    असार ३।

    सभामुख कृष्णबहादुर महराले शुरूमा प्रधानन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि संसदमा हंगामा भएको छ ।

    बैठकको शुरूमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरू उठेका थिए । प्रतिपक्षी दलका सांसद उठेको समयमा सभामुखले प्रधानमन्त्री ओलीलाई बोल्नको लागि समय दिए ।

    त्यसपछि कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन् ।

    सभामुखको अनुमतिले प्रधानमन्त्री ओली रोष्टममा पुगेपछि कांग्रेस सांसदहरू बेलमा आएर नाराबाजी गरेका थिए । त्यसपछि कांग्रेस सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेका थिए ।

    कांग्रेस सांसदहरूको विरोधपछि सभामुख महराले संसद बैठक स्थगित गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।