• बझाङमा जीप दुर्घटना ९ को मृत्यु

    June 17, 2019     6:18 pm

    असार २ ।

    बझाङको डौठीमा सोमवार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार मृत्यु हुनेमा एक बच्चा र एक बच्चीसहित ४ महिला ५ पुरुष छन् । प्रहरीका अनुसार जीपमा १३ जना सवार थिए । ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सूर्यबहादुर केसीले जीप भीरबाट खसेकाले उद्धारमा कठिनाइ भइरहेको बताए ।

    प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले घाइतेको उद्धार गरी उपचारका लागि पठाउन हेलिकप्टर झिकाउन समन्वय भइरहेको जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।