• सोमबार कुन राशिका लागि शुभ ?

    June 16, 2019     10:57 pm

    वि.सं.२०७६ साल असार ०२ गते । सोमबार । इस्वी सन् २०१९ जुन १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरूबिच मतभेद बढ्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती,बैरभाव तथा आफन्त सँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सृजन गर्नेहरू सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पडाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत लेखाई अथवा गलत बुझाईलो आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढिनै उत्साहित हुन खोक्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

    वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । तर पनि लामो दुरीको यात्रा हुने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिस सँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।