पोखरा १ असार । नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
सामर्थ्य नेपाल नुवाकोट र समृद्ध नुवाकोटको संयुक्त आयोजनामा शुक्रवार उक्त विद्यालयमा अध्ययनरत १६ जना अनाथ छात्रछात्रा तथा १ जना वर्ष उत्कृष्ट विद्यार्थीसहित १७ जनालाई स्कुल ब्याग,जुत्ता,कापीकलम,ज्यामिती बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो।
विद्यालयमा अध्ययनरत बाकी ८० जना छात्रछात्रालाई समेत प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बाडिएको छ । सोही विद्यालयमा अध्ययन गरेका भुपु विद्यार्थीहरु भुवन प्रसाद प्याकुरेल,धुव्र कोईराला,सनम न्यौपानेको पहलमा उठेको सहयोग रकमबाट उक्त शैक्षिक सामाग्रीहरु वितरण गरिएको जनाईएको छ।
गरिब,जेहन्दार,अनाथ छात्रछात्रालाई अध्ययनमा सहयोगस्वरुप गरिदै आएको सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताईएको