• नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, ४५ रुपैयाँमा एक जीबी डाटा

    June 16, 2019     5:23 pm

    असार १ ।नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अफर उपलब्ध गराएको छ ।

    नेपाल टेलिकमले आइतवारबाट तीन वटा अफर ल्याएको हो । जसअन्तर्गत डाटा प्याक, भ्वाइस प्याक र एडिसनल अफर रहेका छन् ।

    वान डे डाटा प्याक अन्तर्गत ग्राहकले ९ रुपैयाँमा ५५ एमबी डाटा लिन सक्नेछन् । जसको समयावधि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म हुने टेलिकमले जनाएको छ ।

    वान जीबी पर डे डाटा प्याक र अनलिमिटेड वान आवर डाटा प्याक पनि टेलिकमले ल्याएको छ ।

    ४५ रुपैयाँमा एक जीबी डाटा एक दिनका लागि लिन सकिनेछ । त्यसका लागि इच्छुक ग्राहकले 1D1G टाइप गरी १४१५ मा एसएमएस गर्नु पर्नेछ ।

    टेलिकमका यी अफरहरू सबै जीएसएम र सीडीएमएमा उपल्बध हुनेछ ।

    टेलिकमले भ्वाइस प्याक अफर पनि सार्वजनिक गरेको छ । टेलिकमले वान डे, अल टाइम, अनलिमिटेड नाइट भ्वाइस, नाइट भ्वाइस र इन्डिया कल अफर ल्याएको हो ।

    टेलिकमका अफरबारे जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।