• आजको राशिफल २०७६ जेठ ३२ शनिवार

    June 14, 2019     11:19 pm

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला। व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    घरेलु समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। तर बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आफ्नो श्रमबाट अरूले लाभ उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। मिहिनेतले राम्रै फाइदा दिलाउनेछ। प्रयत्न गर्दा पुरानो समस्या सुल्झाउन सकिनेछ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, आजको मिहिनेतले पछिलाई फाइदा हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    केही खर्च लागे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। नयाँ व्यवसायमा लगानी बढाउन सकिनेछ। वैदेशिक व्यापार तथा रोजगारीले मनग्गे पनि दिलाउनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। तत्काल लाभ नभए पनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। 

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि बिस्तारै राम्रो मूल्य प्राप्त हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। 

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    रमाइलो क्षणमा पनि व्यावहारिक समस्याले पछ्याइरहने देखिन्छ। अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। तापनि चिताएका काममा सहयोगीहरूले साथ दिनेछन्। आफन्तसँग असमझदारी बढ्न सक्छ। तापनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।