• फेवा महोत्सवको तयारी सुरु

    March 12, 2019     10:18 pm

    पोखरेली न्युज फागुन २८ / आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो ।

    नेपाली खाना र नेपाली संस्कृतीको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । विगतमा संघले पाँच दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको हो ।

    दर्शक तथा श्रोताहरुको भीड खासगरी उल्लेखित तीन दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।