• अब आइफोन र आइप्याडमा पनि माउस

    June 14, 2019     10:50 pm

    एप्पलले हालै आफ्नो डेभलपर्स कन्फ्रेन्स डब्लु डब्लु डीसी २०१९ का क्रममा आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गर्‍यो ।

    नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु प्राप्त हुनेवाला छन् ।

    एप्पलले एकसाथ आइओएस, म्याक ओएस, वाच ओएस तथा टिभी अपरेटिंग सिस्टमको अपडेटेड भर्सन ल्याएको छ । उक्त नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एप्पलले यस अपरेटिङ सिस्टमले माउस सपोर्ट गर्ने जनाएको छ । अर्थात् यो अपरेटिङ सिस्टम प्रयोग गरिएका आइफोन तथा आइप्याडहरुमा अब कम्प्युटर माउस पनि प्रयोग गर्न सकिनेछ ।

    ठूलो स्क्रिनयुक्त आइप्याडका लागि त माउसको प्रयोग उपयुक्त नै होला । तर आइफोनका लागि समेत माउस सपोर्ट उपलब्ध गराउनुलाई अनौठो मान्न सकिन्छ । यद्यपि, यसको पनि खास कारण रहेको छ ।

    धेरै एप्पल प्रयोगकर्ताले आइफोनका लागि माउस सपोर्टको कुनै आवश्यकता नभएको सोसल मिडियामा बताइरहेका छन् । फ्यानका ती प्रतिक्रियाको जवाफ दिँदै एप्पलले यसको खास कारण बताएको छ । आइफोनलाई अझै बढी पहुँचयोग्य बनाउनका लागि आइफोनसमेत माउसबाट चल्ने बनाइएको उसको दाबी छ ।

    माउस सपोर्टलाई केवल एक्सेसिबिलीटी फिचरका रुपमा मात्रै डिभाइसहरुमा लिएर आएको एप्पलको दाबी छ । खासगरी माउस तथा एक्सर्टनल डिभाइस विना आइफोन तथा आइप्याड प्रयोग गर्न नसक्ने प्रयोगकर्ताहरुका लागि माउस सपोर्ट निकै सहयोगी हुने विश्वास एप्पलको छ । आइफोनमा यो फिचर AssistiveTouch मेन्यूमा राखिनेछ ।

    नयाँ अपरेटिंग सिस्टममा माउस सपोर्ट उपलब्ध हुने बताइएको भए पनि कुन–कुन डिभाइसले यसलाई सपोर्ट गर्दछन् भन्ने आधिकारिक जानकारी एप्पलले दिएको छैन ।

    आइफोन र आइप्याडमा माउस सपोर्ट फिचर सबै प्रयोगकर्ताका लागि उपयोगी भएता पनि यसले विशेष क्षमता भएका ठूलो संख्याका प्रयोगकर्ताका लागि चाहिँ निकै उपयोगी हुने बताइएको छ । आगामी सेप्टेम्बरसम्ममा नयाँ अपरेटिङ सिस्टम आइओएस १३ सबै एप्पल प्रयोगकर्ताका लागि उपलब्ध गराउने योजना एप्पलको छ ।

    एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।