• अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द

    June 14, 2019     9:23 pm

    जेठ ३१।एक हप्तादेखि बारा, पर्सा लगायत मध्य तराईमा बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्कुले विद्यार्थीहरुलाई पनि पठनपाठनमा समस्या भएको भन्दै वीरगञ्ज महानगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ।

    लगातार गर्मी बढदै गएपछि महानगरका विद्यालयहरु असार १ गते देखि ६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।

    वीरगञ्जमा सञ्चालित विद्यालयहरुका प्रधानाध्यापक र शिक्षक महासंघको सल्लाह अनुसार अत्याधिक गर्मीका कारण विद्यालय ५ दिनको लागि बन्द गरिएको हो।

    ५ दिनको विदालाई वर्षे विदाबाट कटान हुने गरी महानगरका विद्यालयहरुलाई विदा दिइएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। गर्मीमा पनि विद्यालयहरुले बिहानी कक्षा सञ्चालन नगरेको भन्दै चौतर्फी गुनासो हुन थालेको थियो।

    तापक्रम बढेर वीरगञ्ज र आसपासको क्षेत्रमा तापक्रम ४०/४२ डिग्री हुँदा समेत अधिकांश सरकारी तथा निजी विद्यालयहरूले बिहानी कक्षा सञ्चालन नगरी दिउँसोको कक्षा सञ्चालन गरेका कारण विद्यार्थीहरुलाई सास्ती हुँदै आएको थियो।

    गर्मीका कारण विद्यालयमा छात्रा बेहोस

    अत्यधिक गर्मीका कारण शुक्रबार बिहान वीरगञ्ज महानगरपालिकामा रहेको त्रि–जुद्ध माध्यमिक विद्यालयमा अध्यनरत एक छात्रा बेहोस भएकी छन्। वीरगञ्ज महानगरमा रहेको त्रि–जुद्ध माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा ममता कुमारी यादव बेहोस भएकी थिईन्। बेहोस भएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचार पश्चात उनी घर फर्किएकी छन्। अत्यधिक गर्मीको कारण बालिका भुईमा लडेर अचेत भएपछि शिक्षक–विद्यार्थी मिलेर अस्पताल पुर्‍याएका थिए।

    गर्मी बढेपछि जनजिवन प्रभावित

    बढ्दै गएको गर्मीका कारण मानिसहरुको चहलपहल घटेको छ। मानिसहरु घरबाट निस्किन सकेका छैनन्। दैनिक रुपमा रिक्सा, ठेला, तथा घर बाहिर काम गरेर गुजारा चलाउँदै आएकाहरु बढ्दै गएको गर्मी कारण मारमा परेका छन्। गर्मीमा काम गर्न निकै कठिन हुने गरेको वीरगञ्जका रिक्सा चालक बद्री रामले बताए। ‘बिहानैदेखि चर्को घाम लाग्ने गरेको छ’,बद्रीले भने,‘हामीहरु रिक्सा चालकहरुलाई रिक्सा चलाउनै नसकिने अवस्था छ अहिले।’

    अस्पतालमा बिरामीकाे संख्या बढ्याे

    गर्मीका कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढ्दै गएको छ। भाईरल ज्वरो, टाईफाईड, टाउको दुख्ने जस्ता बिरामीहरु पहिलेको तुलनामा अहिले दोब्बर बढेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए। ‘अहिले नारायणी अस्पतालको ओपिडीदेखि ईमरजेन्सी वार्डसम्म बिरामीहरु दोब्बर रुपमा बढेका छन्’, डा. सिंहले भने, ‘निमोनिया, भाईरल ज्वरो टाउको दुख्ने जस्ता बिरामीहरु बढी आएका छन्।’ अस्पतालमा बिरामीहरुको संख्या बढेपछि कतिपय बिरामीलाई अन्य अस्पतालहरुमा समेत रेफर गर्ने गरिएको डा सिंहले बताए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।