• अतिरिक्त गणित बिषय कार्यशाला हुने

    June 14, 2019     8:11 am

    गणित शिक्षा परिषद कास्की का अध्यक्ष केशव प्रसाद अम्गाइ को अध्यक्षतामा बसेको कार्यसमितिको बैठक ले असार 7 गते शनिबार कास्की जिल्लाका माध्यमिक बिद्यालयमा कार्यरत गणित शिक्षक को लागि एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ।

    कक्षा ९ र १० को अतिरिक्त गणित को परिवर्तित पाठ्यक्रम अनुसार तयार गरिएको विभिन्न पाठ्यसामग्री तथा पाठ्यपुस्तक मा राखिएका फरक फरक पाठ्यबस्तु ले निम्त्याएको अन्योलतालाई निराकरण केन्द्रित हुने उक्त कार्यक्रम रिडमोर पब्लिकेसन्स को सहकार्य मा गरिने भयको छ भने कार्यक्रम स्थल पोखराको जिरो किलो स्थित दुरान रेस्टुरेन्ट एन्ड थकाली भान्छा घर रहेको छ।

    प्रथम सत्र संबंधित शिक्षक हरुको अन्तरक्रिया बाट सुरुवात हुने कार्यक्रम दोस्रो सत्रमा बिषय बिज्ञ बाट अभिमुखिकरण र तेस्रो सत्रमा परिवर्तित पाठ्यशिर्षक बाट प्रश्नपत्र निर्माण गर्ने सम्बन्धी कार्याशाला सन्चालान गरिने गणित शिक्षा परिषद कास्कीका अध्यक्ष श्री केशब प्रसाद अम्गाँईले बताउनुभयो।यसैगरी उक्त बैठक ले विभिन्न उपसमिति र सल्लाहकार समिति पनि चयन गरेको छ।

    सल्लाहकार समितिमा प्रो. डा. के. के. श्रेष्ठ त्रिभुवन शर्मा बराल बाबुराम पन्त चिन्तामणी शर्मा र बेद प्रसाद शर्मा रहनुभयको छ भने तालिम उपसमिति संयोजकमा खगेन्द्र राज बराल र सदस्यहरुमा इश्वरि प्रसाद गौतम र ध्रुब पौडेल, क्वालिटि सर्कल उपसमिति का संयोजक मा श्री राम अधिकारि र सदस्यहरु मा जित खनाल र याद बहादुर अधिकारी र मिडिया उपसमिति संयोजक मा जयराम कायस्थ र सदस्यहरुमा असित बराल र महेन्द्र पौडेल रहेका छन। 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।