पोखरा, जेठ ३१ नेवाःतजिलजि दबू कास्कीले नेपाल सरकारद्वारा संघीय संसदमा प्रस्तुत गरिएको गुठी सम्बन्धी विधेयक २०७५ तत्काल फिर्ता लिन माग गरेको छ । विहिबार एक प्रेस विज्ञप्ती निकाल्दै नेवा ः तजिलजि दबूले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा २६ को मर्म विपरीत भएको भन्दै गुठी विधेयक २०७५ अविलम्ब फिर्ता गर्न माग गरेको हो । उक्त विधेयकले केवल नेवार जातिलाई मात्र लक्षित नगरि सम्पूर्ण नेपालीको आ—आफ्नो जातीय आस्था र धर्म संस्कृति धाराशाही गरी नेपालको राष्ट्रिय संस्कृति र सभ्यतालाईनै तहस नहस बनाउने प्रयास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्यक्ष विष्णुशंकर ख्वाउँजु र महासचिव गोविन्द ताम्राकरको हस्ताक्षर भएको विज्ञप्ती मार्फत सम्पूर्ण नेपाली एवं संघसंस्थालई विधेयक फिर्ता आन्दोलमा एक्यबद्धता जनाई सरकारलाई दबाब दिन आग्रह समेत गरिएको छ ।