• लाइसेन्सका कामलाई पारदर्शी ढंगले गर्ने गरि अगाडी बढेका छौं

    June 14, 2019     7:23 am


    भरतराज काफ्ले
    सुचना अधिकारी
    यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र गण्डकी

    हामीले यस कार्यलयमा सवारी चालक अनुमती पत्रको आवदेन दर्ता, लिखित परिक्षा, ट्रायल परिक्षा र परिक्षा पास भइसकेपछि लाइसेन्स वितरण गर्ने काम गर्दछौ भने पहिला लिइसक्नुभएकाहरुको लागि नविकरण गर्ने काम गर्छौ । हामीले यस कार्यलयबाट सम्पादन हुने कामलाई परिमार्जन गर्ने सोँचका साथ सबै टिमलाई सशक्त बनाएका छौं । यस कार्यलयका बारेमा पहिले सुनिदै आएको जनगुनासाहरुलाई सुधारात्मक रुपमा अगाडी बढिरहेका छौं । कार्यलयमा आएर सेवाग्राहीले सेवा पाइन् भन्ने गुनासो नरहोस् भन्ने कुरामा हामी सचेत छौं । कार्यलयका सम्पुर्ण कामलाई पारदर्शी ढंगले गर्ने गरि अगाडी बढेका छौं । स्मार्ट लाइसेन्सको वितरण कार्य पनि प्रत्यक दिन गर्दै आइरहेका छौं ।

    हामीले हाम्रा सबै गतिविधीलाई वेभसाइट मार्फत सेवाग्राहीलाई सुचना प्रदान गरिरहेका छौं । स्वभाविक रुपमा कार्यलयमा सेवाग्राहीको भिड लाग्ने गर्छ । हामीले यसलाई उचित व्यवस्थापनको पहल गरिहरहेका छौं । लिखित परिक्षा पनि हामीले कार्यलय परिसरमै सञ्चालन गर्ने हुनाले यो भिड देखिएको हो । एकै दिनमा कहिलेकाँही २–३ हजार सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अहिलेको विद्यमान जनशक्तिले थेग्न सक्ने कुरा पनि भएन । तै पनि हामीले यसलाई समुचित व्यवस्थापन गरिरकेका छौं । अहिले बुझाउनु पर्ने राजस्व पनि नगद नै बुझिरहेका छौं । अब छिट्टै बैंक भौचर मार्फत त्यसलाई व्यवस्थापन गर्ने प्रकृयामा रहेको छ । अहिले सेवाग्राहीहरुले विभिन्न शाखामा चाहार्नु पर्ने अवस्था पनि छ ।

    यो अवस्थालाई अन्त्य गर्दै एउटा ढोकाबाट छिरपछि अर्को ढोकाबाट कााम सकेर निस्कन सक्ने प्रणाली पनि विकास गर्दैछौं । अहिले आफ्नो भवन नभएको तथा भवनको लेआउटको कारणले पनि हामीले सोचे जस्तो छरितो सेवा भने प्रदान गर्न सकेको छैन । अनलाइन फर्म भर्ने विषयमा पनि सेवाग्राहीको चासो र गुनासो सुनिन्छ । यो खुल्ने समयको बारेमा हामीले पनि यकिन गर्न सक्दैनौ । यो केन्द्रबाट नै निर्धारण गरिने हुनाले हामीले यसमा केही गर्न मिल्दैन । तर पछिल्लो समयमा हामीले कोटा बढाउन भनेको हुनाले यसमा धेरै सेवाग्राहीले खुलेको समयमा अनलाइन फर्म भर्न पाउनुभएको छ । पहिले प्रत्यक दिन ४ सयको संख्यामा अनलाइन फर्म भर्न सक्थे भने अहिले प्रत्यक दिन ७ सयको संख्यामा अनलाइन फर्म भर्न सक्छन् । अनलाइन फर्म भरिसकेपछि तोकिएको मितिमा कार्यलयमा सम्पर्क गर्न भनिएको हुन्छ ।

    त्यो मितिमा उहाँहरु आएर फोटो खिच्ने, बायोमेटिक गर्ने, मेडिकल गर्ने र परिक्षाको दस्तुर तिरेर जानुहुन्छ । त्यसपछि लिखित परिक्षा विहिवार लिने गरेका छौं । त्यसको नतिजा बुधवार सम्ममा प्रकाशित गर्छौं । त्यसपछि आइतबारबाट ट्रायल लिने व्यवस्था गछौं । आइतवार स्कुटर र हलुका चारपाँग्रे सवारीको ट्रायल परिक्षा लिन्छौं । सोमबार गाडीको लिन्छौ । मंगलबार थप क्याटगोरीको लिन्छौं । विहिवार रिट्रायलको व्यवस्था गरेका छौं । एक पटक लिखित पास भएकाहरुले ट्रायल फेल भएमा ९० दिन भित्र ३ पटक सम्म ट्रायलको अवसर पाउने छ । स्मार्ट लाइसेन्सको सवालमा हामीले अनलाइनबाट यहाँ संकलित विवरण विभागमा पठाइदिने हो । प्रकाशनको जिम्मा सबै विभागको हो । लाइसेन्स कहिले आउँछ भन्ने सेवाग्राहीको प्रश्न रहने गर्छ । लाइसेन्स वितरणलाई पनि चुस्तदुरुस्त बनाउन हामीले विभागसंग पटकपटक अनुरोध गरेका छौं ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।