• विश्वकपमा आज भारत र न्युजिल्याण्ड भिड्दै

    June 13, 2019     12:44 pm

    ३० जेठ ।
    एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहीबार) एक खेल हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे न्युजिल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

    जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । न्युजिल्याण्ड ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

    यसअघि भएको तीनै खेलमा जित हात पारेको न्युजिल्याण्ड आज भारतसँग पनि जितको रणनीति बनाउँदै अपराजित यात्रा कायम गर्न चाहन्छ ।

    यता भारत पनि तेस्रो जितको खोजिमा छ ।

    यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।