• कास्की आदर्श समाजले नेपाली नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने ।

    March 12, 2019     6:28 pm

    पोखरेली न्युज फागुन २८ / कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार तथा सहयोगका लागि “आपतकालीन कोष” स्थापना गर्ने जनाएको छ ।
    आगामी अप्रिल १२ का दिन दुवईको बरदुवई स्थित होलिडे इन होटलको हलमा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ लोकदोहोरी गायक एवं कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, चर्चित लोकदोहोरी गायिका तुलसा क्षेत्री, हास्य कलाकार पोख्रेली माग्नेबुढा युवराज भण्डारी तथा युएईमा कार्यरत नेपाली कलाकारहरूको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष केदार कुँवरले बताएका छन् । “नयाँ वर्ष साँस्कृतिक धमाका २०७६” नाम दिइएको उक्त कार्यक्रमको आयोजना समाजले पहिलोपटक गर्न गईरहेकोले युएईमा कार्यरत सबै कस्केली तथा गैरकस्केली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ । साथै ऊक्त दिनमा कार्यक्रम नजुधाई सँस्थागत सहकार्य तथा ऐक्यबद्धताका लागि युएईमा सक्रिय सम्पूर्ण सामाजिक तथा अन्य संघसंस्थाहरुलाई कास्की आदर्श समाज युएईका उपाध्यक्ष तथा साँस्कृतिक बिभाग प्रमुख राजेश श्रेष्ठले अनुरोध गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।