• पर्वतको फलेवास नगरपालिका एक युवाको कोरीयामा मृत्यु

    June 11, 2019     10:18 am


    जेठ २८।
    पर्वत–रोजगारीका लागि कोरिया पुगेका पर्वतको खानीगाउँका एक युवाको ज्यान गएको छ । एक्कासी बेहोस भएका फलेवास नगरपालिका वडा नं ५ खानीगाउँका युवा अमृत कुँवरको सोमबार मृत्यु भएको हो । 
    विगत ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत कुँवरको अवस्था नाजुक हुँदै गएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । ६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो । कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण समेत गरिएको थियो । घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । 
    मृतकककी श्रीमती कोरियामै रहेकाले प्रक्रिया पु¥याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ । कुँवर ईपिएस मार्फत ३ वर्षअघि कोरिया गएका थिए । यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन् ।साभर रेडियो पर्बत






























    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।